शल्यक्रियाको क्रममा एक पत्रकारको आँखामा वीर अस्पतालको सेवा
नारायण प्रसाद शर्मा
वीर अस्पतालमा पित्त थैलीको शल्यक्रियाका लागि म पनि चैत्र १ गते बुधबार भर्ना भएको थिएँ । मेरो शल्यक्रिया पुरानै तालिका अनुसारै २ गते बिहान नौ बजेबाट सुरु गरियो । दिनको झण्डै दुई बजे म होस्मा आउँदा अपे्रसन सकिएर पोष्ट अपरेटिभ वार्डमा थिएँ । अस्पतालमा अत्यन्तै चापका कारण शल्यक्रियाका लागि मैले झण्डै दुई महिना अघि नै समय लिएको हुँ । मेरो शल्यक्रियामा डा. प्रविण श्रेष्ठ, डा.प्रमोद कुमार यादव, डा.राकेश स्थापित, डा. किशोर देव, डा. आशिष श्रेष्ठ, डा निलिजा शाक्य, एनेस्थेसिष्ट डा. अंकित पौडेल, नर्स र अन्य सहयोगीहरु लगायतको टीम संलग्न थिए । मलाई सल्लाह र सुझाव दिने डा. नविन पोखरेल र समयमै सफल शल्यक्रिया गरिदिएकोमा चिकित्सक टीम प्रति आभार ब्यक्त गर्दछु । भर्ना भएर अप्रेसन गर्दा मैले जे देखे ति कुराहरु आलोचनात्मक भएपनि सुधारका लागि फलदायी हुने आशा गरेको छु ।
कुनै समयमा वीर अस्पतालका चिकित्सक, पाटन अस्पतालको व्यवस्थापन र टियु टिचिङ अस्पताल महाराजगञ्जको मेडिकल उपकरण सबै भन्दा उत्कृष्ट भन्ने गरिन्थ्यो । तथापि अहिले वीर अस्पतालको ब्यवस्थापन पहिला भन्दा धेरै सुधारोन्मुख नै छ । निजी क्षेत्रबाट सञ्चालित अस्पतालमा उपचार खर्च अत्याधिक महंगो भएका कारण पनि गरिब, दलित र असाहायहरुको लागि सरुतो र सुलभ ढंगमा सेवा लिन पाइने वीर अस्पतालको उपचार पहिलो रोजाईमा पर्ने गर्दछ ।
(बीर अस्पताल) नेपालको सबैभन्दा पुरानो र व्यस्त अस्पतालहरू मध्ये एक हो । यो काठमाडौं सहरको मध्यभागमा अवस्थित छ । अस्पताल २०५९ देखि चिकित्सा विज्ञान राष्ट्रिय एकेडेमी, एक सरकारी एजेन्सीद्वारा संचालित छ । अस्पतालले चिकित्सा र शल्य चिकित्सा उपचार प्रदान गर्दछ । यसको वर्तमान क्षमता ५३५ बेड छ ।
वीर अस्पतालका सूचना अधिकारी उपसचिव सागर मिश्रका अनुसार अहिले वीर अस्पतालमा ३१३ जना मेडिकल डाक्टर, ५१९ जना नर्स, ३९ जना अहेव, १८५ जना सरसफाईकर्मी, ४० जना सुरक्षाकर्मी छन् । अन्य कर्मचारीहरु लेखा, प्रशासन, स्वीपर लगायत रहेका छन् । यसै गरी १२ जना छात्रवृत्ति करारमा काम गरेका चिकित्सकहरु पनि छन् । यसरी १६२९ जना वीर अस्पतालमा कार्यरत जनशक्ति रहेको छ । अहिले वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. सन्तोष पौडल छन् । उनी एमाले माओवादी गठबन्धन सरकारको समयमा मन्त्री पदम गिरीबाट नियुक्त भएका हुन् । डा. पौडेल नेपाल मेडिकल एशोसियसनको अध्यक्ष पदमा उम्मेदवारसमेत बनेका थिए । उनी वीर अस्पतालको व्यवस्थापनमा अति नै संवेदनशील देखिन्थे । तथापि बिरामीको बढ्दो चाप र कम जनशक्तिका कारण कतिपय विभागमा समस्याहरु छरपष्ट नै देखिन्थ्यो ।
वीर अस्पतालको इतिहास
वीर अस्पताल प्रशासनले राखेको वेभसाइटमा उल्लेख गरे अनुसार वि.स. १९४७ (१८८९ ईस्वी) मा वीर शम्शेर जंगबहादुर राणाद्वारा स्थापना भएको थियो । यो अस्पताललाई प्रारम्भमा पृथ्वी वीर अस्पताल भनिन्थ्यो, पृथ्वी तत्कालीन राजा पृथ्वी वीर विक्रम शाहको नाम हो । त्यस समयमा ३० वटा बेड थिए । सन् १९५७ नोभेम्बरमा वीर अस्पताल विकास बोर्डको गठनका लागि अध्यादेश जारी गरी राजाको स्वीकृति पर्खिरहेको थियो । पुरुष र महिलाका लागि छुट्टाछुट्टै मेडिकल भवनहरू थिए । केही समय १९६१ मा, भवनहरू पुनः निर्माण गरियो र एउटा सर्जिकल र अर्को मेडिकल वार्ड भयो । २५० बेड विस्तार एकै वर्ष कोषको कमीको कारण स्थगित भएको थियो ।
वीर फार्मेसी
वीर अस्पतालमा सञ्चालित फार्मेसीमा अहिले पनि चिकित्सकको सल्लाहमा कतिपय समान खरिद नहुने रहेछ । त्यहाँका कार्यरत शल्य चिकित्सकले बिरामीलाई औषधि राख्न प्रयोग गरिने क्यानुला पनि अर्कै गुणस्तरहिन कम्पनीको मगाउने गरेको बताए । जसका कारण ब्लड लिक हुने गरेको उनले जानकारी गराए । यस विषयमा फार्मेसीका प्रमुख श्याम मण्डलसँग सम्पर्क गर्दा उनले भने लगाउने स्किल नै नभएका कारण यसो भएको हो । भन्दै आफ्नो कामको बचाउँ गरे ।
फार्मेसीमा जनशक्तिको कमि भएकै कारण बिरामीहरु अप्रेसन थेटरमा पसिसकेको अवस्थामा हस्याङ फस्याङ गर्दै आत्तिएर विरामीका आफन्तहरु शल्य चिकित्साका लागि आवश्यक समान र औषधिहरु किन्नका लागि लामो लाम लागेका हुन्छन् । फार्मेसीका कर्मचारीहरु बीमा सुबिधामा पाइने थुप्रै औषधिहरु बिरामी र उनका आफन्तलाई बाहिर किन्नु भन्दै ओठे जवाफ फर्काउने गर्दछन् । दूर्गमबाट मुस्किलले एक जना कुरुवा लिएर उपचारका लागि काठमाडौं आएका बिरामीहरु समयमा अस्पतालकै फार्मेसीमा औषधि नपाउँदा गल्लिमा औषधि किन्न भौतारिका हुन्छन् । वीर अस्पतालको फार्मेसी समयमै आवश्यक औषधि र उपकरणहरु खरिद गर्न किन चुकिरहेको हुन्छ ?
वीर अस्पताल क्यान्टिन
अस्पतालहरुको क्यान्टिन खाद्य सामाग्रीहरुको गुणस्तर र मूल्यमा भन्दा पनि भाडामा रकम बढाबढ गराउँदा बिरामीहरु गुणस्तरीय खाना र सुपथ मूल्यमा पाउनबाट बन्चित छन् । अस्पतालको क्यान्टिन सञ्चालन गर्दा मासिक पानी बत्ति र घरभाडा गरी दुई लाख बुझाउने गरेको सञ्चालकले बताए । यसरी महंगो भाडा लिएपछि खानाहरुको मूल्य निर्धारण गर्ने अधिकार अस्पताल व्यवस्थापनले सञ्चालकलाई नै दिने गरेको रहेछ । क्यान्टिनमा खाना मागेर पुरै नखाएको खण्डमा जरिवाना भन्दै एकसय रुपैया लिने गरिँदो रहेछ । एक जना बिरामीका आफन्तले खाना थालमा राखेपछि खाँदा अत्यन्तै गुणस्तरहिन भएका कारण खानै नसकिएको र खाना फालेको भन्दै पुनः एक सय जरिवाना तिराएकोमा आपत्ति जनाएका थिए । त्यसो त टियु टिचिङ अस्पतालको क्यान्टिनमा मासिक १६ लाख, प्रशुतिगृह थापाथलीको क्यान्टिन सञ्चालकले मासिक ६ लाख रुपैया र सिभिल अस्पतालका क्यान्टिन सञ्चालकले पनि त्यहि हाराहारीमै भाडा बापत रकम बुझाउने गरेका कारण बिरामी र उनका आफन्तहरुले महंगो मूल्य तिर्न र गुणस्तरहीन खाना खान बाद्य छन् । टियुटिचिङ अस्पतालका क्यान्टिन सञ्चालक मण्डल थरका व्त्तिले त दुई करोड भाडा तिर्न नसकेर सम्पर्क बिहिन भएको समाचार नै आएको थियो । प्रशुतिगृहका क्यान्टिन सञ्चालक सुनील साहले आफुहरु नोक्सानीमै रहेको बताए । तर, किन यत्ति महंगो भाडा स्वीकार गर्नुभयो त भन्ने प्रश्नमा आफुहरुको अन्य व्यवसाय भएको र यो व्यवसायबाट घाटा नै भए पनि धान्न सकिएको खुलासा गरे ।
स्वास्थ्य बीमा व्यवस्थापन
नेपाल सरकारले गरिब र असाहायहरुका निमित्त भन्दै सर्वसाधारण जनतालाई सहज र सहल ढंगले उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य बीमा बोर्डको अवधारण ल्याएको थियो । नेपालको संविधान २०७२ ले स्वास्थ्य र शिक्षा मौलिक अधिकारको क्षेत्रभित्र राखेपछि स्वास्थ्य बीमाको अवधारण अझ समसामिक बन्न पुग्यो । यसरी स्वास्थ्य बीमा बोर्डले आम मानिसहरुलाई उपचारमा पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा बोर्डको स्थापना गरियो । गाउँपालिका र नगरपालिकामा सञ्चालिन स्वास्थ्य केन्द्रहरुले आफुले उपचार गर्न नसक्ने बिरामीलाई रोगको प्रकृति हेरेर रिफर गर्ने कार्यविधि बनाइयो । त्यहि उपलब्ध हुने कतिपय सेवाहरु आफुले नदिएर काठमाडौका अस्पतालमा रिफर गरिएको पाइन्छन् । जसले गर्दा बढि भिडभाँड भएर वीर अस्पतालमा आवश्यक व्यक्तिले सेवा लिन कठिनाई पर्न गयो ।
यो बीमा सुबिधा गरिब, दलित र असाहायहरुले भन्दा पहुँचवला धनीहरुले विभिन्न प्रकारका अनाआवश्यक परीक्षण गरेर अस्पतालमा करोडौं रुपैयाको बिल बनाउने वातावरण बनाइयो । बीमा सुबिधामा राज्यको अनाआवश्यक लगानी भयो भन्दै केहि राजनीतिज्ञहरु यो सेवालाई निरन्तर असफल बनाउने प्रयत्नमा लागिरहेँ । जसका कारण नोक्सानी भएको भन्दै निजीकरण गर्ने प्रक्रियामा यस अघिका अर्थमन्त्री जनार्दन शर्माले बजेट बक्तब्यमै यो विषयमा उठान गरेपछि तिब्र बिरोध भयो ।
मधेश प्रदेशका मूख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत मधेश प्रदेशका स्कूले छात्रहरुलाई साइकल वितरण गरे । उनले वितरण गरेको साइकलमा करोडौं घोटला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनसमेत गर्न बाद्य भयो । त्यसै गरी हालका मूख्यमन्त्रीले छात्राहरुलाई झोला वितरण गर्ने भन्दै नयाँ नयाँ कार्यक्रम ल्याएका छन् । तर, उनका क्षेत्रका जनताहरु भने हर्नियाको अप्रेशनका लागि काठमाडौंको वीर अस्पतालमा आउन बाद्य भएको बताउँछन् । हर्नियाको उपचारको लागि सर्लाहीको हरिऔनबाट आएका श्याम साहले प्रदेश अस्पतालमा उपचार सुबिधा नभएको कारण काठमाडौं आउन बाद्य भएको दुःखसो पोखे । अर्का बिरामी डिल्ली बहादुर सिंह पनि झण्डै एक हजार तीन सय किमी परको जिल्ला बझाङबाट वीर अस्पतालमा हर्नियाको अप्रेसनका लागि आएका थिए । उनी सुदूर पश्चिम प्रादेशिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताललगायतका अस्पतालहरु छाडेर वीर अस्पतालको सेवा लिन काठमाडौं नै आइपुगे । त्यसैकारण पनि वीर अस्पतालले भार थेग्न नसकेको हो । उनलाई सर्यौ किमी टाढाको अस्पताल आउनुपर्दा व्ययभार बढि पर्नुका साथै अस्पतालले चाप पनि थेग्न नसक्ने भयो । यसको मूख्य कारक को हो ? रेफर गर्ने चिकित्सक, आफ्नो सेवा सुबिधाका लागि बहस गर्ने तर, स्वास्थ्य सेवाका लागि अस्पतालमा उपकरणहरु ल्याउनुपर्छ नभन्ने प्रदेश सभाका सदस्यहरु सदस्य, मन्त्रीहरु र मूख्यमन्त्री वा निरिह जनता को दोषि ?
ल्याव सेवामा अझै समस्या
वीरअस्पतालको रक्त परीक्षण ल्यावमा जनशक्तिको कमिका कारण लामो लाइन लाग्नुपर्ने बाध्यता छ । जसले गर्दा बिरामीहरु जबर्जस्त लामो समय सकि नसकी लाइनमा बस्न बाद्य छन् । चार जना मात्रै प्राविधिकले काम गरेको ल्यावमा बिरामीको चापका कारण सुरक्षाकर्मीलाई मिलाउन पनि हम्मे हम्मे पर्ने गर्दछ । कतिपय आपकालिन सेवाका लागि आएका बिरामीहरु सकसमा लाइन बसिरहेका हुन्छन् ।
सोधपुछमा मानिस नबस्ने समस्या
वीर अस्पतालमा कुन सेवा कहाँ लिने भन्ने विषयमा सोधपुछ कक्ष राखिएको छ । तर, धेरै जसो कर्मचारीहरु त्यहि खटिएर नबस्ने अवस्था हुँदो रहेछ । जसका कारण बिरामीहरु सेवा लिन अल्मलिएका हुन्छन् ।
पूर्वाधार विकास
भारत सरकारको आर्थिक सहयोगमा २०० शैयाको आकस्मिक र ट्रमा सेन्टरसहित वीर अस्पताल विस्तार गरिएको थियो, जुन सन् १९९७ मा शिलान्यास गरिएको थियो । राज्यको पुरानो अस्पतालका लागि विदेशीलाई गुहार्नु हरेक दृष्टीकोणले उपयुक्त नभएको आम राष्ट्रवादी मानिसले भन्ने गर्दछन् ।
प्राकृतिक प्रकोप प्रतिक्रिया
काठमाडौंको राष्ट्रिय रंगशालामा भएको भागदौड र त्यसमा ७३ जना हताहत र थुप्रै घाइते बनेपछि सन् १९८८ मा अस्पतालको विपद् व्यवस्थापन योजना पहिलो पटक प्रयोग गरिएको थियो ।
शल्यक्रिया
वीरअस्पतालको शल्यक्रिया विभाग देशको सबैभन्दा पुरानो विभाग हो । यसमा सामान्य शल्यक्रिया, ग्यास्ट्रो र हेपाटोबिलरी सर्जरी युनिट, बर्न र प्लास्टिक सर्जरी युनिट, युरोसर्जरी, कार्डियोथोरासिक, न्यूरोसर्जरी जस्ता विभिन्न एकाइहरू छन् । सामान्य शल्य चिकित्सा विभागले प्रत्येक वर्ष लगभग ३००० ऐच्छिक र आपतकालीन शल्यक्रिया गर्दछ, र समान संख्यामा सामान्य शल्यक्रियाका केसहरू । विभागलाई तालिमप्राप्त जनशक्ति र उपकरण, वडाको मर्मतसम्भार, शैयाको संख्या र सञ्चालनका दिन बढाउनुपर्छ । बिरामीहरु लामो समय देखि पालो पर्खेर अप्रेसनका लागि कुररिरहेका हुन्छन् ।
बर्न र प्लास्टिक सर्जरी युनिट
बर्न एण्ड प्लास्टिक सर्जरी युनिटमा ३ बर्न आईसीयू बेडसहित १६ शैया छन् । यस इकाईमा वर्षेनी १०० भन्दा बढी गम्भीर रूपमा जलेका बिरामी भर्ना हुने गरेको छ । युनिट हाल दुई जनरल सर्जन द्वारा संचालित छ । डब्लुएचओ नेपालले एक शल्यचिकित्सक (डा. पियुष दाहाल) लाई प्लास्टिक र पुनर्निर्माण शल्यक्रियामा फेलोसिप तालिम दिन प्रायोजन गरेको छ । यस इकाईले जनस्वास्थ्य व्यवस्थापनमा पनि अनुसन्धान गरिरहेको छ ।
दन्त चिकित्सा विभाग
दन्त चिकित्सा विभागले सन् २००९ मा नयाँ अर्थोडन्टिक्स र डेन्टोफेसियल अर्थोपेडिक्स इकाई खोल्यो । प्रोस्टोडोन्टिक्स र पीरियडोन्टोलोजी र ओरल इम्प्लान्टोलजीमा एमडीएस डिग्रीहरू पनि २००९ देखि प्रस्ताव गरिएको छ ।
एमआरआई सेवा
वीर अस्पतालमा एमआरआई सेवाका लागि १५ दिन पर्खनुपर्ने हुन्छ । त्यसमा पनि कहिलेकाँही त मेसिन बिग्रिएको भन्दै त्यो समय पनि थपिने गरेको छ । निवर्तमान निमित्त कार्यकारी निर्देशक डा. भुपेन्द्र बस्नेतले एमआरआई मेसिन कम्तिमा पनि दुईवटा अति आवश्यक भएको बताएका थिए । सामान्य शल्यक्रिया, युरोलोजी, सामान्य चिकित्सा, प्रसूति र स्त्री रोग विज्ञान, ओन्कोलोजी, अर्थोपेडिक, इण्डोक्राइनोलोजी, इएनटी, एनेस्थेसियोलोजी, रेडियोलोजी, नेफ्रोलोजी, डेन्टल सर्जन जस्ता सेवाहरु वीर अस्पतालबाट पाउँदै आएको छ ।