April 20, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

जनताको संगठनको बलमा राज्यको नेतृत्वमा पुगेर हामीले समाजवादको निर्माण गर्नुपर्दछ

1 min read


हामीले एकवर्ष अघि देखि नै नेकपा एकता राष्ट्रिय अभियान अगाडी सारेका हौं । यो अभियान केहि समय सुतेको जस्तो देखिएको भएपनि अहिले पुनः ब्युतिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थामा मध्यस्थकर्ता बन्नु नै सबैभन्दा उपयुक्त हो भन्ने मलाई लाग्यो त्यसैकारण म जुन सुकै त्याग गर्न पनि तयार छु ।
नेपाली कांग्रेसका सम्बन्धमा सुरुमा हामीले दलाल पुजिँपतिहरुको पार्टी हो भनेर भनेका थियौं । नेपाल कम्युनिस्ट पार्टी एक्लै लड्दा जनताले कहिल्यै पनि अधिकार पाउन सकेनन् । तर, दुई पार्टीहरु मिलेपछि खोसिएका अधिकारहरु प्राप्त भए । २०४६ सालको आन्दोलन पनि नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीचको कार्यगत एकताले नै सफल भयो । त्यस पछि राजाले शासन लिएको अवस्थामा पनि त्यसको विरुद्धमा गरिएको आन्दोलनमा कम्युनिष्ट र काग्रेसकै सहकार्यबाट आन्दोलन सफलतामा पुग्यो । यसबाट के पुष्टि हुन्छ भने नेपाली कांग्रेस पार्टी दलाल नोकरशाही पुजिँपतिहरुको पार्टी होइन । यो पुजिँपति पार्टी र राष्ट्रिय हितका निमित्त पनि वकालत गर्ने पार्टी हो । तर, नेपाली कांग्रेसलाई नै नेतृत्व सुम्पन खोज्दा के हुन्छ ? पहिलो पटक नेपालमा एमसीसी सम्झौता गरेर ल्याउने नै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा हुन् । उनकै नेतृत्वमा सरकार हुँदा यो सम्झौता गरिएको थियो । संसदबाट एमसीसी पास गराउँन पनि उहाँले गठबन्धन दलका नेताहरुलाई बाद्य बनाउनुभयो । गठबन्धनका नेताहरुलाई देउवाले धम्काउँदै यदि एमसीसीलाई अनुमोदनका लागि समर्थन नदिने हो भने नेकपा एमालेसँग गठबन्धन गरेर पनि एमसीसी पास गर्छु भनेर धम्काउनुभयो । त्यस पछि प्रचण्ड पनि पुष्पकमल दाहाल बन्नुभयो । मैले खुट्टा कमाउँदिन भन्ने माधव नेपाल पनि गल्नुभयो । त्यसपछि संसदबाट एमसीसी अनुमोदन भयो । शेर बहादुर देउवाको कार्यकालमा एसपिपी पनि आयो । यसरी नेपाली कांग्रेस नेतृत्वमा आउनसाथ यसका आफ्ना विचारहरु परित्याग गर्दै विदेशीका मागहरु पुरागर्न तर्फ जान्छ ।
भारतको गंगामा गएको पानी मध्ये ६० प्रतिशत पानी नेपालबाट गएका नदीहरुको हो । हाम्रा नदी नालाहरुमा ब्यापक सम्भावना छन् । यी नदीहरु मध्ये पश्चिम सेती पनि भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आएका समयमा प्रधानमन्त्री देउवाले सम्झौता गरे । यी घट्नाक्रमले के साबित गर्छ भने देश नेपाली कांग्रेसको नेतृत्वमा अघि बढ्न सक्तैन । साथै देश र जनताको रक्षा पनि हुन सक्तैन ।
यसरी नेपाली कांग्रेससँग सहकार्य गर्नुपर्दछ तर, नेतृत्व सुम्पनु हुँदैन । निर्वाचनमा पनि गठबन्धनमा जानु हुँदैन । नेपाली कांग्रेसले एसपिपी लागू गरेको भए के हुन्थ्यो ? अमेरिकन सेना (नेशनल गार्ड) नेपालका हिमाली भेकमा जाने लगायतका सबै काम हुन्थे । पाँच वर्षका लागि भनिएपनि त्यो सेना नेपालमा सदाकालसम्म बस्ने थियो । तिब्बत स्वतन्त्रताको आन्दोलनमा मलजल गर्नका निमित्त नेपालको भूमि प्रयोग गरियो भने नेपाल युद्ध भूमि हुनसक्छ । रुस र युक्रेनको युद्धमा हामी अमेरिकी प्रस्तावको पक्षमा हुन सक्छौं ? भारत र चीनका फौजलाई हामीले रोक्न सक्छौं ? यस्तो अवस्था आउन सक्छ भनेर नेतृत्व गर्ने ब्यक्तिले भन्न नसकेपछि हामी सचेत हुन पर्दैन ?
नेपाली कांग्रेस बाहेक प्रचण्ड र माधव नेपालको नेतृत्वमा आगामी निर्वाचन हुन सक्छ ? के उपेन्द्र यादवको नेतृत्वमा पनि आगामी निर्वाचन हुन सक्ला ? नेपाली कांग्रेसको अवस्था आगामी संघीय र प्रदेशको निर्वाचनमा के होला भनेर स्थानीय तहको निर्वाचनमा आंकलन भइसकेको छ । यहि अवस्था रहेमा नेपाली कांग्रेस पार्टी अझै शक्तिशाली भएर देखा पर्नेछ । त्यसपछि कम्युनिस्ट पार्टीहरु माथि खेल्दा खेल्दै बिलाउँने अवस्था बनाउने हो । यो अवस्था हुँदैन भन्ने कस्ले सक्छ ? त्यसैकारण अहिले एकताको आवश्यकता छ ।
अहिले भरखरै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच एकता हुन नसक्ला । तर, हामीले प्रयत्न गर्दै जाँदा तिनै पार्टीमा त्यसको प्रभाव अवस्य पनि पर्नेछ । मैले नेकपा एकता राष्ट्रिय अभियानलाई पार्टी एकता संयोजन समितिमा रुपान्तरण गरौं कि भन्ने पनि सोचेको थिएँ । जब यो भेलामा आइयो, त्यसपछि एकता अभियान जारी गर्नुपर्दछ भन्ने लाग्यो । केन्द्रीय कमिटी र प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीहरु पनि बनाउनुपर्दछ । तथापि हाम्रो मूल उद्देश्य भनेकै पार्टी एकता हो । हामीले सकेसम्म निर्वाचन अगाडी नै कम्युनिस्ट पार्टीबीच एकता गराउनुपर्दछ ।
नेपाली काग्रेससँग गठबन्धन होइन स्वतन्त्र भएर निर्वाचन लडौं । नेपाली कांग्रेसभित्र पनि के मत बलियो छ भने ‘हामीले यहि गठबन्धन गरेरै जाने हो भने पार्टी कहाँ देखिन्छ’ ? परिणाम आउँदा गठबन्धनको परिणाम आउँछ । त्यो विचार त कम्युनिस्ट पार्टीमा हुनुपर्दथ्यो । गठबन्धन गरेर यस पटक जितेको ठाउँमा अर्को पटक जित्न सक्नुुहुन्न । अहिले गठबन्धन गरी जितेमा अर्को पटक त पार्टी नै समाप्त हुन्छ । तर, एक्लै लडेर पनि हारेको खण्डमा अर्को पटक जितिन्छ । हामीले मात्रै गौरबपूर्ण समाजवादी नेपालको निर्माण गर्न सक्छौं । हाम्रा सन्ततीहरुले पनि त्यो बाटो अगाल्नेछन् । अहिले नै तपाई यस्ता गठबन्धन गरेर निर्वाचनमा जानुहुन्छ भने नेपालको अस्तित्व नै नरहन पनि सक्छ । यसैले अस्तित्व जोगाउनका लागि पनि एकता आवश्यक छ । हामीलाई अन्य कम्युनिस्ट पार्टीका नेताहरुको आचरणका विषयमा बहस गर्न छुट दिँदैन । किनकी कमजोरी त हाम्रा पनि होलान् । त्यसको निष्कर्षका लागि छुट्टै ठाउँ हुनुपर्दछ । बिगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजन भएपछि जुन बोली, ब्यवहार र आचरण देखियो, त्यो हामीबाट हुन सत्तैmन । किनकी हामी समाजवादी हौं ।
कम्युनिस्ट र समाजबादी बीच के फरक छ ?
कम्युनिष्टहरु बिद्रोहबाट अघि बढे । समाजवादी बहुदलीय व्यवस्था स्वीकार गरी अघि बढे । सबैभन्दा पहिला समाजवादको विकास र अवधारणा अघि सारिएको थियो । त्यसकारण समाजवाद गैर कम्युनिस्ट देशहरु स्क्याण्डिनेभियन देशमा लागू भयो । सोभियत संघको कम्युनिस्ट पार्टीको दशौं महाधिवेशनले सन् १९७० देखि हामीले साम्यवाद लागू गराउँछौं भन्यो । तर, त्यहि समयमा सोभियत संघको कम्युनिस्ट पार्टीमा नै हलचल आउन थाल्यो । यसैगरी सन् १९९१ मा आउँदा कम्युनिस्ट पार्टी नै विघटन भयो । त्यस्तो अवस्था सिर्जना हुने अवस्था हुँदा पनि त्यहाँको कम्युनिष्ट पार्टीले साम्यवाद लागू गर्छुभन्नु कहाँ सम्मको कुरा हो ? जसरी समाजवादको निर्माण भयो, त्यसरी नै साम्यवादको पनि निर्माण गर्न सकिन्थ्यो । कम्युनिस्ट पार्टीमा त्यहाँको स्वरुप र संगठनहरु कसरी विकसित भएका छन् ? भन्ने विषयमा ज्ञान हुनुपर्दथ्यो । हामीले पनि समाजवादको निर्माण हो । त्यसका लागि बहुदलीय प्रतिस्पर्धा बाहेक अर्को बाटो छैन ।


विश्वमा तीनवटा परिस्थितिको विकास
दोस्रो विश्व युद्ध पछि विश्वमा तीनवटा परिवेशहरु स्वतन्त्रता, लोकतन्त्र र समृद्धिको विकास भएको छ । यी तिनैवटा मूख्य विषय मध्य सोभियत संघले लोकतन्त्र अवलम्बन गरेको भए यो अवस्था हुने थिएन । त्यो समयको कम्युनिस्ट पार्टी योजनाबद्धरुपमा देश निर्माणमा मात्रै अघि बढेको थियो । निर्देशन भए बमोजिमको समाजवादको निर्माणमा अघि बढ्यो । झलनाथ खनालले एक दिन बहुदलिय ब्यवस्था स्वीकार गरेर समाजवादको निर्माण गर्न सकिदैन भन्नुहुन्थ्यो । तर, पछि कमरेड झलनाथले पार्टीको नवौं महाधिवेशनमा चाहिँ बहुदलिय ब्यवस्थाबाटै समाजबादको निर्माण गर्न सकिने विचार अघि सार्नुभयो । माक्सवादी आन्दोलनमा आएका परिवर्तनलाई हामीले बुझ्न जरुरी छ । सुरुमा माक्र्स र एंगेल्सले बहुदलिय प्रतिस्पर्धाबाट संसदमा बहुमत प्राप्त गर्न सकियो भने समाजमा समाजवाद निर्माण गर्न सकिन्छ भन्नुभएको थियो । तर, जसरी सन् १८७० मा पेरिस कम्युनको घट्ना घट्यो । कम्युनिस्ट पार्टी माथि प्रहार भयो । त्यसपछि उहाँले भन्नुभयो ‘प्रतिक्रियावादीहरुले निर्माण गरेका पुराना राज्य ध्वस्त गर्नैपर्दछ । अहिले पनि नेपालका धेरै कम्युनिस्ट पार्टीका नेताहरुमा यहि विचार रहेको छ । नेपालमा अहिलेको राज्य व्यवस्था ध्वस्त गरेपछि अर्को राज्य निर्माण गर्नुपर्दछ । तर, नेपालमा राज्यको संयन्त्र नै बदलिएको छ ।


संविधान बिपरितको राजाको आदेश सेनापतिले मानेनन्
हामीले २०६५ साल जेठ १५ गते राजतन्त्रको उन्मुलन गर्ने भन्यौं । राजतन्त्रको उन्मुलन गर्ने समय सीमा तोकिएको घट्ना पछि राजाले त्यो समयमा प्रधानसेनापतिलाई बोलाएर तीन पटक निर्देशन गरे । तत्कालिन राजाले महिनै पिच्छे बोलाएर दिइएको निर्देशनमा ‘ग्यालरी बैंठक कब्जा गर र त्यहाँ भएका सबैजनालाई समाप्त गर, बाहिर बसेका नेताहरुलाई जेलमा हाल’ । यो नगरेको खण्डमा देश बच्दैन । तर, त्यो समयमा नेपाली सेनाको कमाण्डरले भने सरकार संविधान बमोजिम चल्ने हाम्रो पराम्परा नै हो । नेपाली जनताले जुन संविधान अघि सारेका छन्, त्यसको बर्खिलापमा जान सकिदैन । जनतालाई समाप्त गरेर मारेपनि नेपालको राजसंस्था राम्रो हुन सक्तैन । म नेपाली जनताको भावना र निर्णयका विरुद्ध जान सक्तिन । यसरी नेपाली सेना र कर्मचारीतन्त्रले हाम्रो प्रस्ताव समर्थन गर्न पुग्यो । यसरी संघीय लोकतन्त्रका निमित्त सबैको समर्थनबाट २४० वर्षसम्म शासन गरेको नेपालको राजसंस्थालाई समाप्त गरियो । हाम्रो देशमा झण्डै दुई हजार वर्ष देखि शासन गरेको राजतन्त्रलाई कम्युनिस्ट पार्टीले नै समाप्त गरिदियो । यसबाट संसारभरका कम्युनिस्टहरुले सिक्न जरुरी छ । अब हतियारबद्ध युद्धबाट हैन बहुदलिय प्रतिस्पर्धाबाट जनताको समर्थन र संगठित शक्ति प्राप्त गरेर विचारबाट मात्रै पुरानो राज्यको परिवर्तन हुन सक्छ । कम्युनिस्ट पार्टीले नेतृत्व गरेको बेला हाम्रो राज्य समाजवाद उन्मुख भएको छ । नेपाल सामाजिक र राजनीतिक परिवर्तनबाट लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएको समाजवाद उन्मुख संविधान निर्माण भएको छ । बहुदलिय प्रतिस्पर्धाको माध्यमबाट समृद्ध समाजको निर्माण गर्नैपर्दछ भन्ने अन्य कुनै संविधान नै छैन । त्यो अवस्थामा हामी पुगेका छौं । जनताको संगठनको बलमा राज्यको नेतृत्वमा पुगेर हामीले समाजवादको निर्माण गर्ने हो । त्यहि सिद्धान्त बमोजिम अघि बढ्ने कोशिश गर्ने हो । हामी चुनावमा हारेको खण्डमा पनि इमान्दारी पूर्वक प्रतिपक्षमा बस्ने हो । अर्को पटक जित्नेछौं ।


जनताको बहुदलिय जनवादमार्फत समाजवादमा

बर्जुवाहरु सत्तामा गए भने हामीले बनाएको संविधानलाई भत्काउन सुरु गर्दछन् । यसरी हामी समाजवादमा पुगेपछि साम्यवादतर्फ लाग्नेछौ । हामी माक्र्सवाद वा लेनिनवादको विचारले यो बाटोमा जान सक्तैनौं । केबल जनताको बहुदलिय जनवादबाट मात्रै यो उक्त बाटोमा जान सक्छौ । माक्र्सले १८७४÷०७५ मा प्रतिपादन गर्नुभएको विचारलाई बिभिन्न देशका कम्युनिस्ट पार्टीहरुले प्रयोग गरे । अहिले बहुदलिय प्रतिस्पर्धालाई माध्यम बनाएर नेपालमा समाजवादको निर्माण गर्दा स्वतन्त्रता हुन्छ, शोषणरहित र थिचोमिचो हुँदैन । राजनीतिमा प्रतिस्पर्धा हुन्छ । सांस्कृतिक समृद्धिबाट मात्रै हामीले समाजवादको निर्माण गर्न सक्छौं । यसरी हामी बीच धेरै भिन्नता हुन सक्छन् । तर, एउटाको पुरै विचारलाई मानेर अघि बढेमा दीगो मित्रता हुन सक्छ ? कम्युनिस्ट पार्टीभित्र सबै भिन्न मतहरु समाप्त गरेर एउटै मत बनाउन सकिन्छ ? सकिदैन । मिलेर बस्ने दिनसम्म सँगै बस्ने र नमिलेको खण्डमा खुशीसाथ छुट्टिन सक्नुपर्दछ ।


के पार्टी विभाजन अपराध हो ?
पार्टी विभाजन गर्नु अपराध हो भने वि.स. २००६ सालमा निर्माण गरेको कम्युनिस्ट पार्टी कै आधारमा हामी छौं ? हामीले नेकपा एमाले बनाउँदा ४५ वटा एकता गरिएको छ । यसरी नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाउँदासम्म ४६ पटक एकता गरिएको छ । ति फुटेका पार्टीहरु एकता गर्दै आइएको हो । म आफै पनि पुष्पलालको पार्टीबाट बिद्रोह गरी आएको थिएँ । त्यहाँ पसन फुट भयो । । जसको नेतृत्व जीवराज आश्रितले गर्नुभएको थियो । मोदनाथ प्रश्रित पनि हुनुुहुन्थ्यो । त्यसमा पछि मदन मण्डारी पनि सामेल हुनुभएको थियो । त्यो समूह पछि कोअर्डिनेशन केन्द्रमा एकता भयो । त्यसपछि २०३५ सालमा नेकपा माले बन्यो त्यो माले पछि नेकपा माक्र्सवादीसँग एकता गरे पछि एमाले बन्यो । यसरी अर्को समूहलाई गद्धार भन्ने कमरेडले आफु कति पटक गद्धारी गरे भन्ने किन नसम्झने ? कति पटक अपराधी भएको स्वीकार गर्नुभयो ? उहाँले पनि अर्को पार्टी बनाएर एकीकृत भयो । फुट्ने र जुट्नेले पार्टी बन्दछ ।
जीवन भनेकै मृत्युको सत्य
जीवन भनेकै मृत्यु र जीवनबीचको संघर्षको अवस्था हो । जीवन मात्रै हुने भए कहिल्यै पनि मानिसको समाप्ति हुँदैनथ्यो । यसरी मानिसको जन्मसँगै मृत्यु हुन्छ । राम्रोसँग पनि नराम्रो हुन्छ । यो सार्वभौम प्रक्रिया हो । यसलाई कसैले अस्वीकार गर्न मिल्छ ? मैले फलानाको नाम लिँदा कुल्ला गर्नुपर्छ भन्ने जस्ता अपसंस्कृति बोल्ने गर्नुभएन । संस्कृतिको निर्माण गर्न हाम्रा परम्परागत अपसंस्कृतिहरुलाई चिर्दै जानुपर्दछ । कुनै पनि ब्यक्तिको आफ्नै क्षमता हुन्छ ।
दक्षिण भारतीय सिनेमा हेर्दा
दक्षिण भारतमा एक जना सिनेमाका नायकले मार्नका निमित्त योजना बनाइरहेका ब्यक्तिसँग लड्नका निमित्त जान्छन् । संयोगले मार्न भनेर जाँदा त उसका परिवारहरु आएछन् । पछि अर्को घट्ना घट्यो । तिमी मलाई मार्नका लागि आएका थियौं, तर, किन अंकमाल ग¥यौं भन्यो । त्यहाँ तिम्रा परिवार थिए । तिम्रा परिवारले मलाई असाध्यै माया गरे । त्यसैले मारिन । यसको मतलव हरेक मानिसको आफ्नो ब्यक्तित्व हुन्छ । हरेक व्यक्तिको सम्मान गर्न जान्ने नै महान हुन्छ । जबसम्म हामीले समाजवादी आचरण बनाउन सक्तैनौ, हामी सफल हुन सक्तैनौं । तपाई अन्य ब्यक्तिको सम्मान गर्न सक्नुहुन्न भने तपाई कम्युनिस्ट नै होइन वा मानव नै होइन । कम्युनिस्ट पार्टीका सदस्यहरुलाई के गर्न हुन्छ र हुँदैन भन्ने विषयमा प्रशिक्षण हुन्थे ।


पुष्पलाललाई पनि गद्धार भनेका थिए
मैले नेपाली कांग्रेस पार्टीलाई दलाल पुँजिपति भन्न हुँदैन भनिरहँदा एक जना कम्युनिस्ट नेताले पुष्पलाललाई गद्धार भनेका थिए । नेपालभित्र हाम्रा कुनै शत्रुहरु छैनन् । नेपालमा अहिले राजतन्त्र छैन जुन २०६५ साल जेठ १५ गते नै हटाइसक्यौं । अब सिंगो देशलाई एकतावद्ध बनाएर समाजवादमा पुग्नुपर्दछ । हामी माओत्सेतुङले गरेका कामका आधारमा कम्युनिस्ट बनेका थियौं । हाम्रो देशको सामान्त वर्गलाई राजनीतिक र आर्थिक रुपले नै समाप्त गरिएको छ । हामीले राजालाई हटाउन कुनै युद्ध नै गर्नुपरेन । भारत र पाकिस्तान एक अर्काको विरोध गर्छन् किनकी तिनीहरु युद्ध गरिरहेका छन् । चीन र भारतको एक आपसमा बिरोध गरिरहन्छन् र लडिरहेका पनि छन् । हाम्रा कोहि शत्रु छैनन् । १९४७ देखि अमेरिकासँग हाम्रो दौत्य सम्बन्ध थियो हाम्रा नेपाली जनतालाई अमेरिकाले हालसम्म केहि गलत काम गरेको थिएन । तर, हाम्रा दलालहरुले एमसीसी अमेरिकाबाटै बोकाएर ल्याएका हुन् । एमसीसी फर्काउँदा हाम्रो हार होइन जित नै हुनेछ भनेको थिएँ । सांस्कृतिक र राजनीतिक रुपमा ७३ वर्ष देखिको हाम्रो सम्बन्ध एमसीको धरापमा पर्नेछ । नाराबाजी गर्ने विध्वंश मच्चाउने जस्ता काम नेपालीहरुबाटै हुनेछ । हाम्रो हित राजनीतिक र सास्कृतिक रुपमा बनाउन ब्याख्यात्मक घोषणालाई अघि बढाइएको छ । राज्यको नेतृत्व कसले गर्दा नेपाली जनताको समृद्धी हुन्छ । विचार पु¥याएर अघि बढ्नुपर्दछ ।
(नेकपा एकता राष्ट्रिय अभियानले ललितपुरको धोबीघाटमा असार ११ गते शनिवार आयोजना गरेको दोस्रो बैठकमा संयोजक वामदेव गौतमले गरेको सम्वोधनको महत्वपूर्ण अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.