November 2, 2024

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

उत्तरआधुनिकतावादको पेरिफेरी

1 min read

नारायण कैलाश सिग्देल

उत्तरआधुनिकतावाद (Postmodernism) आधुनिकतावादमाथिको विजय र बिस्तार हो । द्धितीय विश्वयुद्धपछि आधुनिकतावाद क्रमशः कमजोर बन्दै गएर उत्तरआधुनिकतावादले त्यसको स्थान लिदै गएको पाईन्छ । विशेषतः पुँजीवादी समाजमा सन् १९६० को दशकदेखि उत्तरआधुनिकतावादी सोचको आगमन हुन थालेको हो ।
नेपालमा पहिलेदेखि नै उत्तर आधुनिकतामाथि बहस चल्दै नचलेको होइन, तर यो बहस ज्यादै सीमित मात्रामा रहेको छ । इन्द्रबहादुर राईको लीला लेखन जस्ता केही सिर्जनशील रचनामा उत्तर आधुनिक सौन्दर्यशास्त्रको खोज भएको छ । त्यस्तै साहित्य समालोचनामा ऋषिराम बराल (२०५२) र रमेश भट्टराई (२०५७) बाट उत्तरआधुनिकताका केही पक्षहरूबारे विश्लेषण गरिएको छ । अचेल फाट्टफुट्ट प्रदर्शन हुने प्रतिस्थापन कला, सडक नाटक, अनुष्ठान, कला र घटनाहरूमा केही उत्तरआधुनिकता लुकेको छ कि भन्ने दर्शकहरूलाई भान छ ।
बितेको झण्डै चार दशक यता विशेषतः पश्चिमी बौद्धिक बृत्तमा आधुनिकतावाद बारे गहन बहस र छलफल सिर्जना भएको हो । यसको प्रभाव कुनै एक विधासँग मात्र सिमित नरहेर समाजशास्त्र, मानवशास्त्र, भाषाविज्ञान, संस्कृति अध्ययन्, रणनीतिशास्त्र, इतिहास, अर्थशास्त्र, पाठ व्याख्या गर्ने शास्त्र, मनोविश्लेषणसम्म उस्तै प्रकारले प्रभावित रहेको देखिन्छ । कान्ट, माक्र्स, दुर्खिम, फ्रायड र वेबर आदिले जसरी सामाजिक विज्ञानमा आधुनिक मान्यताको विकास गरे त्यसैगरी नित्से, डेरिडा, फुको र लेटर्डले उत्तरआधुनिक मान्यतालाई स्थापना गर्नमा ठूलो योगदान गरे ।
मानवशास्त्री लेटन् भन्दछन् – उत्तरआधुनिकतावाद धेरैजनाका लागि धेरै चिज हो । यद्यपि सारांसमा यो आधुनिकताले सिर्जना गरेको मूल्यमान्यताप्रतिको तिखो र आलोचनात्मक दृष्टिकोण हो । यो कुनै आधुनिकतापछिको युग नभई आधुनिकताप्रतिकै समालोचनात्मक दृष्टिकोण हो, जसले आधुनिकता अँगालेको मूल्य, मान्यता र आदर्शलाई अस्विकार गर्दछ । यहाँहरूलाई थाहै छ आधुनिकताले औद्योगिक र औपनिवेशिक विश्वको सिर्जना ग¥यो जसलाई आधुनिकीकरणको रुपमा बुभ्mन सकिन्छ । आधुनिकीकरणले यस्ता प्रक्रियालाई बुझाउँछ, जसमा व्यक्तिवादीकरण (individualization),, धर्म निरपेक्षीकरण (secularization), औद्योगीकरण (Industrialization),सांस्कृतिक विभेदीकरण (Cultural differentiation), वस्तुकरण (Commoditization),, सहरीकरण (Urbanization), कर्मचारीतन्त्रकरण (Bureaucratization), र विवेकीकरण (Rationalization)जस्ता कुराहरू पर्दछन् र यी सबैको संयोजन नै आधुनिक विश्वलाई बुझिन्छ (Best and Kellner), १९९१ः३० । यी आधुनिकता, जसरी निर्माण भयो त्यसले मानवलाई मुक्ति दिलाउने भन्दा मानवलाई भयावह अवस्थामा पु¥याउने काम ग¥यो । समाजलाई पुँजीवादी बाटोमा लंगडो तवरले हिँड्ने प्रेरणा दियो । नारीवादलाई यता न उताको बनायो । समाजमा धनी र गरिवबीचको खाडल झन ठूलो बनायो । शान्तीकामी जनताहरूले शान्ती प्राप्त गर्न सकेनन् । देशहरूबीच वैमनस्यताको खाडल झनै गहिरिएर गयो । विज्ञान, कला र सीप केवल पुँजीपतिहरूको मुठ्ठिमा गएर सिमित भयो । संयुक्त राष्ट्रसंघले पनि हात हतियार, गोलीगठ्ठाको अवैध व्यापारलाई थेग्न सकेन र उल्टै उसले पुँजीवादीहरूको रवैयामा हातेमाले ग¥यो । स–साना देशहरूको अस्मिता माथि खतराको वादल मडारिन सुरु ग¥यो । हरेक प्रकारले विकसित राष्ट्रहरूले अविकसित वा अर्धविकसित राष्ट्रहरूका हरेक प्रकारका वस्तुहरूमा नजर, खोज र अनुसन्धानका नाममा उनीहरूको भित्रिकुराहरू वा रहस्यहरू खोतल्ने जुक्ति गर्न थाले । प्राकृतिक कुराहरूलाई आप्mनो मुठ्ठीमा पार्नदेखि लिएर राजनैतिक साँठ गाठमा उनीहरू नै अगाडि सर्न थाले ।
विकास निर्माणका कुराहरूमा आर्थिक सहायताको घुमाउरो प्रलोभन देखाएर पुनः आफ्नै देशमा फर्काउने जुक्तिमा अविकसित देशका मानिसहरू मात्र बेचिएनन् अपितु उनीहरूको चंगुलको खुलेर प्रशंसक समेत बने । विकशित देशको मास्टर माईण्डको प्रभावले मानिसहरूले आफ्नो घरको पोसिलो मही खान छोडे । पैसा सापट लिएर बजारबाट कोक, फण्टा, रेडबुल, जुस आदि किनेर आप्mना पाहँुनाको स्वागत सत्कार गर्ने नयाँ परम्परामा अभ्यस्त हुनथाले । मानिसहरूले आफ्नो संस्कार, सस्कृति, परम्परा अझै भनौँ अपनत्व नै भुले । विकशित देशहरूको शोषण गर्ने प्रवृत्ति विश्वमै फैलियो । अर्काेतिर त्यो फैलिएको प्रवृत्तिको ब्यङ्गको रुपमा सर्वत्र प्रहार पनि भयो ।
आधुनिकतावाद उत्तरआधुनिकतावादको जग हो । टेक्ने ठाउँ हो । भ¥याङ् हो । पहिलो खुड्किलो हो । हुन पनि आधुनिकताको चरम उत्सर्कको अपाच्य अनुभवको टर्राे स्वाद लिन नपाइएको भए यो वादको सायद निर्माण हुने थिएन कि ? केही समालोचकहरू भन्दछन् – उत्तरआधुनिकताको मूल कारक हो दोस्रो विश्वयुद्ध पश्चात् भूमण्डलीकृत हुँदै गएको विश्व अर्थतन्त्र वा वृद्ध पुँजीवाद । यही पुँजीवादी अर्थतन्त्रले व्यक्तिगत स्वन्त्रताको माग अघि सा¥यो भन्ने कुरा माक्र्ससमेतले भनेका छन् । समाजशास्त्री म्याक्स वेभरले पनि सोही धारणा अगाडि सारेका छन् । समग्रमा भन्नुपर्दा पुँजीवादी अर्थतन्त्रले मानिसको व्यक्तिगत पहिचान र नागरिक अधिकारको मुद्दा अगाडि सार्छ भन्ने कुरा आधुनिक युगमा प्रष्ट हुन आयो (Bradley 1996)।
उत्तरआधुनिकतावादीहरू विगतमा भएका प्रायः सबै प्रकारका सिद्धान्त, सभ्यता, विकास र सांस्कृतिको खिल्ली उडाउन चाहन्छन् । यिनीहरूले इतिहासको कुनै महत्व देख्दैनन् । अतितको सामाजिक व्यवस्थालाई बोक्न अनिच्छुक रहेको कुरा यस वादले व्यक्त गर्दछ । यिनीहरू वर्तमानमा निरन्तर बाँच्ने इच्छा राख्दछन् । उपभोक्ताको पूँजीवाद, बहुराष्ट्रिय पूँजीवादहरू यसका उदाहरणहरू हुन् । परम्परागत सौन्दर्यशास्त्र र कलालाई यिनीहरू पटक्कै स्वीकार गर्दैनन् । व्याख्या र बिस्तार पनि यिनीहरूलाई मन पर्दैन । त्यसैले यिनीहरूले देश र त्यहाँका जनता तथा उनका इतिहास, संस्कृति, परम्परा, सामाजिक व्यवस्था, कला, साहित्य आदि सिङ्गो सभ्यताकै अध्ययन विश्लेषणमा नजानिँदो विषयका रुपमा आफ्नै प्रकारले, आफ्नै चश्माले हेरेर दिएको रङ्ग अर्थात व्याख्या, विश्लेषणलाई पुर्नअध्ययन, पुर्नमूल्याङ्कन, पुनस्र्थापना र पुनर्लेखन गर्नुपर्ने स्थितिमा आफूहरूलाई समर्पित बनाए । त्यसैले उनीहरू सम्पूर्ण समस्याहरूको समग्रमा बुझ्ने र समग्रमा नै समाधान खोज्ने एकलवादी सोचाइ (totalitarian thinking)राजनीतिक दमनको रुपमा लिदै उत्तरआधुनिकतावादले वहुलवादी (Pluralistic) सोचलाई अगाडि सार्ने प्रयास गरेको देखिन्छ । ह्यासन (Hassan) को शब्दलाई सापट लिएर भन्ने हो भने ‘उत्तरआधुनिकतावाद विनासको संस्कृतिको एक भाग हो, जसको मूल्य र आदर्शहरूलाई उनले असृजना, विखण्डनता, अनिमार्ण, विकेन्दित, स्थानान्तरण, फरकता, अनियमिता, अमिलन, अदृश्यता, छुट्याउनु, अवैध आदि रहेका छन्’ भनेर वेस्ट र केलनर ९द्यभकत बलम प्धििलभच० ले १९९१ म उल्लेख गरेका छन् । आधुनिकतावदका समर्थकहरू उत्तरआधुनिकतावादलाई अराजकतावदको रुपमा हेर्दछन् । तर, उत्तरआधुनिकतावादीहरू भने आधुनिकता र यसले लिएको दार्शनिक आधारबाट मानवमुक्ति(Emancipation) को सम्भावना नभएकोले बरु यसले केही सीमित वर्गलाई स्थापित गरी बाँकी वर्गहरूलाई पराधिन बनाएको छ भन्ने आरोप लगाउँछन् ।
आधुनिकताले यो संसार के हो ? मानव के हो ? म को हँु । भन्ने प्रश्नको उत्तरलाई केन्द्र बनाउँदै त्यही केन्द्रका वरिपीर घुमिरहन्छ । तर उत्तरआधुनिकता म को हुँ ? को सट्टा मेरो स्थिति वा अवस्था के हो ? हामी समंष्टि भिडमा आफू कुन ठाउँमा छौँ ? भन्ने प्रश्नमा उत्तरको खोजी गर्दछ । उत्तरआधुनिकवादले आधुनिकताको जस्तो कुनै एउटै सत्य र कुनै एउटै मूल्य मात्र अँगाल्दैन । यो संसारको स्वरुप संरचना सधैँ एउटै प्रकारको रहन्छ भन्ने कुरामा विश्वास राख्दैन । माक्र्सवादका ठूला ठूला ग्रन्थ एवम् बृन्तान्तहरू, अल्वर्ट आइन्सटाइन्सको जटिल बैज्ञानिक सोधहरू, सर आइजक न्युटनको गुरुत्वकर्षण सम्बन्धी महत्वपूर्ण खोजहरूलाई कठिन रचना र आम जनताले बुभ्mन नसक्ने केवल गोरा छाला भएकाहरूको वर्चस्व भनी कटु आलोचना गर्दछन् । उनीहरूको मान्यता छ कि सबै प्रकारका खोजहरू वा अविश्कारहरू त्यस्तै लामालामा लेख वा रचनाहरू छोटा र स्पष्ट हुनु आवश्याक छ । जनताले नबुझ्ने र लामा लामा वृत्तान्तहरूको कुनै अर्थ छैन भन्ने मान्यता राख्छ ।
अन्त्यमा म आदरणीय पाठकवर्गहरूलाई उत्तरआधुनिकवादीहरूले आधुनिकवादीहरूलाई कसरी व्यङ्ग्य प्रहार गर्दछन् भन्ने कुराको एउटा बलियो उदाहरण पस्कन चाहन्छु । सन् १९७० को दशकको चर्चित प्रतिस्थापनहरूमध्ये थियो जुडि शिकागोको “डिनर पार्र्टी” जसमा महान् मानिने पुरुष कलाकारहरूलाई भोज खुवाउनका लागि टेबुल सजाइएको थियो । ती टेबुलहरूमा योनी आकारका प्लेटहरू राखिएका थिए । यसरी यी नारीवादी कलाकारले पुरुष कलाकार र तिनीहरूका कृतिहरूले महिलाको शरीरको उपभोग गर्ने प्रक्रियाको आलोचना गरेकी थिइन् । यस्ता कृतिहरूले केही हदसम्म ललितकलाको व्यापारीकरण र उपभोक्ता संस्कृतिको विरोध पनि गरे । यसरी उत्तरआधुनीक कलाले आधुनिक कलाको ‘बुर्जुवा’ चरित्रमाथि व्यङ्ग्य ग¥यो । उत्तरआधुनिक भवन निर्माणकलाको एक धरोहर हुन् अमेरिकी फ्राङ्क लोइड राइट, जसले आधुनिक ‘इन्टरन्याश्नल’ शैलीका यान्त्रिक र एकनासे आम गृह योजनाहरूको विरोध गरे र अर्धसहरीया जीवन शैलीको वकालत गरे । अमेरिकी राबर्ट भेन्चुरीको लाश भेगास सहरको अध्ययनबाट उच्च र नीच भनिएका शैलीहरूमा सैद्धान्तिक समानता ल्याइयो । आजका सबभन्दा चर्चित उत्तरआधुनिक भवन निर्माणकार अमेरिकी फ्राङ्क गेह्रीका भवनहरूको शैलीमा तिनीहरूको विनिर्माणको आभास पाइन्छ । यसरी नै रिचर्ड रोजर्ड र रेन्जो पिआनोको प्यारिस सहरस्थित चर्चित जोज पम्डियु सेन्टरका फलामका खम्बा, पानीका पाइप, भ¥याङ र सिँढी लुकाउनुको सट्टा बाहिर देख्ने गरी राखेर आधुनिक भवन निर्माणशैलीमा रहेको प्रविधिपूजाप्रति तिखो व्यङ्ग्य प्रहार गरे ।
नयाँ प्रविधिको विकासले गर्दा यसै बेला भिडियोकला पनि स्थापना भयो । सस्तो, सरल र सिनेमाभन्दा धेरै हदसम्म प्रजातान्त्रिक मानिने भिडियो प्रविधिले उत्तरआधुनिकताको विशृङ्खलित मर्मलाई निकै अगाडि बढायो । अझ समालोचक जन बोद्रियार्दको भनाइअनुसार, आम सञ्चारमाध्यमको चित्रणले ‘सही’ संसारको यथार्थलाई डो¥याएको छ । आम सञ्चारमाध्यमको प्रपञ्च नै हाम्रा सत्य हुन् ।
आम संस्कृतिमा लोकप्रिय हुँदै आएका ज्याज, ब्लुज, पप, रक र धार्र्मिक शैलीहरूको पनि ब्रायन इनो र लोरि आन्डरसनजस्ता उत्तरआधुनिक गायकहरूले अनुकरण गर्ने थाले । अर्थात् सीमित रेडियोजस्तो आम सञ्चारमाध्यममा प्रस्तुत हुने ‘नीच’ शैलीहरूको उत्तरआधुनिक सङ्गीतमा सम्मिश्रण भयो ।
मैले यहाँ प्रस्तुत गरेका उदाहरणहरू सन् १९६० र ७० दशकका पश्चिमी कलाका उत्तरआधुनिक सौन्दर्यशास्त्रीय अभ्यासहरू हुन् । झट्ट हेर्दा उत्तरआधुनिक कलामा ख्यालटट्टाका रमाइला, व्यङ्ग्यात्मक, उरन्ठयाउला चेष्टाहरू जस्ता देखिन्छन् । तर यसको पछाडि आधुनिकताको गम्भिर आलोचना पाइन्छ । त्यसैले उत्तरआधुनिक युगको अर्थ बुभ्mन यस समयको सौन्दयशास्त्रतर्फ हेरेर मात्र पुग्दैन । बरु वीसौँ शताब्दीका मध्य र अन्त्यकालका दार्शनिक, समालोचक, भाषाशास्त्री, समाजशास्त्री, इतिहासकार र मनोवैज्ञानिकहरूबाट तीव्र रुपमा भइरहेको वहसतर्फ फर्कनुपर्ने हुन्छ । मेरो प्रयास केवल यहाँहरूलाई यसबारेमा कौतुहल जगाउनु मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.