मान, पद्वी र अलंकार वितरणमा पनि सोर्स फोर्स
काठमाडौं । संविधान दिवसको उपलक्ष्यमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरुलाई मान, पद्वी र अलंकार वितरण गरिने भनिन्छ । तर, सोर्सफोर्सको भरमा योगदान गरेकाहरु भन्दा विभिन्न खालको प्रलोभनमा परेर विभुषित हुने तितो यथार्थ हाम्रै सामु छ । तनहुँका लोकराज शाहीले पनि मान पद्वी र अलंकारका लागि आवेदन दिए । उनले तनहुँको ब्यास नगरपालिका ५ स्थित एक विद्यालयलाई जग्गा र नगद दान गरेका थिए । त्यसैकारण उक्त विद्यालयको नामसमेत आफ्ना बाबु जुक्त बहादुर शाहीको नामबाट जनजुक्त मावि नामाकरण गरी आफै संस्थापक प्रधानाध्यापक बनेर आठ वर्ष निशुल्क सेवा गरेका थिए । त्यसैगरी उनकी श्रीमती जै कुमारीको नाममा पनि तनहुँकै म्याग्दे—७ मा जै कुमारीे शाही प्राथमिक विद्यालय नामक विद्यालय स्थापना भयो । यी विद्यालय स्थापनाका लागि उनीहरु दुबै जनाले जग्गा दान तथा आवश्यक आर्थिक सहयोग गरे ।
दुबै जनाले बिभिन्न विद्यालय र सामाजिक संघ संस्थालाई सहयोग गरेबापत मानसम्मान पनि पाएको उनका छोरा दिपेन्द्र शाहीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । तर, संविधान दिवसको अवसरमा पाउने मान पदवी भने पाएनन् । त्यसो त मान पदवीका लागि तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यमार्फत गृहमन्त्रालयमा निवेदन पनि दिए । ‘निष्पक्ष मुल्यांकन भएको खण्डमा पदक पाउनुहुनेछ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भनेको अहिले छोरा दिपेन्द्र शाहीसँग स्मरण ताजै छ । संविधान दिवसको अवसरमा जब एक दैनिक पत्रिकामा ९०३ जनाको नाम प्रकाशन भयो, छोरा दिपेन्द्रले १०औं पटक दोहो¥याएर हेरे तर, देखेनन् ।
कस्तो व्यक्ति पदकका लागि छनौट गरिन्छ ?
कालो सूचिमा परेका ब्यापारीहरु भने पदकका लागि हकदार बनेर राज्यबाट छानिएका छन् । गृहमन्त्रालयबाट प्रकाशित नामवलीमा उनीहरुको नाम देख्न सकिन्छ । समयमा मल नल्याउँदा कालो सूचिमा राखिएका निर्माण व्यवसायी हुम नाथ कोइराला अहिले प्रवल जनसेवाश्री पदकबाट सम्मानित भए । उनका ठेक्काहरु पनि त्यहि अवस्थामा छन् । उनकै कारण किसानहरुले समयमा युरिया मल नपाएर ठूलो नोक्सानी व्येहोरोका थिए ।
त्यसै गरी नेपाली कांग्रेसका नेता महेश आचार्यसँग मिली कौडीकोे मोलमा भृकुटी कारखाना लिएर राज्यका चारवटा बैंकबाट झण्डै एक अर्ब ऋण लिइ डुबाइदिएका गोल्छा अर्गनाइजेशनका शेखर गोल्छा पनि पदकबाट सम्मानित भएका छन् । १७ करोड मूल्य राखिएको भृकुटी कागज कारखाना चार करोड ९२ लाख ४२ हजारमा रजिष्ट्रेशन पास गरी १३ करोड रुपैया नेपाली कांग्रेसका नेताहरुसँग मिलेर खाएका थिए । त्यसै गरी बैंकमा ब्यालेन्स रहेको ६ करोड पनि मिलेमतोमा राफसाफ गरिएको थियो । अहिले ७८० रोपनीको उक्त जग्गा गोल्छा अर्गनाइजेशनले प्लटिङ गरी बेच्ने सुरसार गर्दैछ । भृकुटी कागज कारखाना कौडीको मोलमा लिएका कारण दिवाकर नेपाली कांग्रेसको समानपातिक कोटामा संविधान सभाको सदस्य बने । त्यसै गरी दाजु महेन्द्र गोल्छाकी श्रीमती राज्यलक्ष्मी गोल्छा नेकपा एमालेको समानुपातिक कोटामा सभासद बनिन् । राज्यलक्ष्मीले नेकपा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई ६ करोड चुनावी खर्च दिएको पत्रकार सम्मेलनमा बताएकी थिइन् ।
नेपाल विद्युत प्राधिकरणलाई विद्युतको बक्यौता करोडौं बाँकी राख्ने शाहिल अग्रवाल पनि पदकबाट सम्मानित भएका छन् । त्यसै गरी मोरङ अटो वक्र्सका विष्णु कुमार अग्रवाल पनि पदकबाट सम्मानित भए । उनी १८२ जना भ्याट छली काण्डमा बदनाम भएका व्यवसायी हुन् ।
देल्हीमा मृर्गौला उपचारका लागि ८१ लाख राज्यले उपचार खर्च ब्येहोरेका झलनाथ खनाल पनि राष्ट्र गौरव पदक प्राप्त गरेका छन् । उनले कृष्ण प्रसाद भट्टराई, सुवर्ण शम्शेर पछिको तेस्रो नम्बरमा उक्त पदक प्राप्त गरेका हुन् । त्यसै गरी माधव कुमार नेपालका बाबु मंगल कुमार नेपालले पनि साहित्यकारको हैसियतमा मरोणापरान्त पदक प्राप्त गरेका छन् । गणतन्त्र स्थापनामा खासै योगदान नरहेपनि उनको नाममा साहित्यिक व्यक्तित्व भन्दै पदक घोषणा गरिएकोमा एकथरी बुद्धिजिवीहरु आश्चर्य चकित परेका छन् ।
पूर्वकानूनमन्त्री नरहरि आचार्यकी श्रीमती शारदा शर्मालाई पनि पदक प्रदान गरिएको छ । शर्माको पुस्तकमा कतिपय स्च्छन्दवादको हदै नाघेकोमा आलोचना गर्नेहरु पनि प्रशस्तै छन् ।
मान, पद्वी र अलंकार वितरणमा पनि सोर्स फोर्सकै प्रभाव
काठमाडौं । संविधान दिवसको उपलक्ष्यमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरुलाई मान, पद्वी र अलंकार वितरण गरिने भनिन्छ । तर, सोर्सफोर्सको भरमा योगदान गरेकाहरु भन्दा विभिन्न खालको प्रलोभनमा परेर विभुषित हुने तितो यथार्थ हाम्रै सामु छ । तनहुँका लोकराज शाहीले पनि मान पद्वी र अलंकारका लागि आवेदन दिए । उनले तनहुँको ब्यास नगरपालिका ५ स्थित एक विद्यालयलाई जग्गा र नगद दान गरेका थिए । त्यसैकारण उक्त विद्यालयको नामसमेत आफ्ना बाबु जुक्त बहादुर शाहीको नामबाट जनजुक्त मावि नामाकरण गरी आफै संस्थापक प्रधानाध्यापक बनेर आठ वर्ष निशुल्क सेवा गरेका थिए । त्यसैगरी उनकी श्रीमती जै कुमारीको नाममा पनि तनहुँकै म्याग्दे—७ मा जै कुमारीे शाही प्राथमिक विद्यालय नामक विद्यालय स्थापना भयो । यी विद्यालय स्थापनाका लागि उनीहरु दुबै जनाले जग्गा दान तथा आवश्यक आर्थिक सहयोग गरे ।
दुबै जनाले बिभिन्न विद्यालय र सामाजिक संघ संस्थालाई सहयोग गरेबापत मानसम्मान पनि पाएको उनका छोरा दिपेन्द्र शाहीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । तर, संविधान दिवसको अवसरमा पाउने मान पदवी भने पाएनन् । त्यसो त मान पदवीका लागि तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यमार्फत गृहमन्त्रालयमा निवेदन पनि दिए । ‘निष्पक्ष मुल्यांकन भएको खण्डमा पदक पाउनुहुनेछ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भनेको अहिले छोरा दिपेन्द्र शाहीसँग स्मरण ताजै छ । संविधान दिवसको अवसरमा जब एक दैनिक पत्रिकामा ९०३ जनाको नाम प्रकाशन भयो, छोरा दिपेन्द्रले १०औं पटक दोहो¥याएर हेरे तर, देखेनन् ।
कस्तो व्यक्ति पदकका लागि छनौट गरिन्छ ?
कालो सूचिमा परेका ब्यापारीहरु भने पदकका लागि हकदार बनेर राज्यबाट छानिएका छन् । गृहमन्त्रालयबाट प्रकाशित नामवलीमा उनीहरुको नाम देख्न सकिन्छ । समयमा मल नल्याउँदा कालो सूचिमा राखिएका निर्माण व्यवसायी हुम नाथ कोइराला अहिले प्रवल जनसेवाश्री पदकबाट सम्मानित भए । उनका ठेक्काहरु पनि त्यहि अवस्थामा छन् । उनकै कारण किसानहरुले समयमा युरिया मल नपाएर ठूलो नोक्सानी व्येहोरोका थिए ।
त्यसै गरी नेपाली कांग्रेसका नेता महेश आचार्यसँग मिली कौडीकोे मोलमा भृकुटी कारखाना लिएर राज्यका चारवटा बैंकबाट झण्डै एक अर्ब ऋण लिइ डुबाइदिएका गोल्छा अर्गनाइजेशनका शेखर गोल्छा पनि पदकबाट सम्मानित भएका छन् । १७ करोड मूल्य राखिएको भृकुटी कागज कारखाना चार करोड ९२ लाख ४२ हजारमा रजिष्ट्रेशन पास गरी १३ करोड रुपैया नेपाली कांग्रेसका नेताहरुसँग मिलेर खाएका थिए । त्यसै गरी बैंकमा ब्यालेन्स रहेको ६ करोड पनि मिलेमतोमा राफसाफ गरिएको थियो । अहिले ७८० रोपनीको उक्त जग्गा गोल्छा अर्गनाइजेशनले प्लटिङ गरी बेच्ने सुरसार गर्दैछ । भृकुटी कागज कारखाना कौडीको मोलमा लिएका कारण दिवाकर नेपाली कांग्रेसको समानपातिक कोटामा संविधान सभाको सदस्य बने । त्यसै गरी दाजु महेन्द्र गोल्छाकी श्रीमती राज्यलक्ष्मी गोल्छा नेकपा एमालेको समानुपातिक कोटामा सभासद बनिन् । राज्यलक्ष्मीले नेकपा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई ६ करोड चुनावी खर्च दिएको पत्रकार सम्मेलनमा बताएकी थिइन् ।
नेपाल विद्युत प्राधिकरणलाई विद्युतको बक्यौता करोडौं बाँकी राख्ने शाहिल अग्रवाल पनि पदकबाट सम्मानित भएका छन् । त्यसै गरी मोरङ अटो वक्र्सका विष्णु कुमार अग्रवाल पनि पदकबाट सम्मानित भए । उनी १८२ जना भ्याट छली काण्डमा बदनाम भएका व्यवसायी हुन् ।
देल्हीमा मृर्गौला उपचारका लागि ८१ लाख राज्यले उपचार खर्च ब्येहोरेका झलनाथ खनाल पनि राष्ट्र गौरव पदक प्राप्त गरेका छन् । उनले कृष्ण प्रसाद भट्टराई, सुवर्ण शम्शेर पछिको तेस्रो नम्बरमा उक्त पदक प्राप्त गरेका हुन् । त्यसै गरी माधव कुमार नेपालका बाबु मंगल कुमार नेपालले पनि साहित्यकारको हैसियतमा मरोणापरान्त पदक प्राप्त गरेका छन् । गणतन्त्र स्थापनामा खासै योगदान नरहेपनि उनको नाममा साहित्यिक व्यक्तित्व भन्दै पदक घोषणा गरिएकोमा एकथरी बुद्धिजिवीहरु आश्चर्य चकित परेका छन् । पूर्व कानूनमन्त्री नरहरि आचार्यकी श्रीमती शारदा शर्मालाई पनि पदक प्रदान गरिएको छ । शर्माको पुस्तकमा कतिपय स्च्छन्दवादको हद नाघेकोमा आलोचना गर्नेहरु पनि प्रशस्तै छन् ।