सर्वोच्च अदालत बारको निर्वाचनमा उम्मेदवारी हत्याउन कानून व्यवसायीहरु लिगलिगे दौडमा
1 min readकाठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनको निर्वाचन पुस ४ मा हुँदैछ । त्यसका लागि यहि २५ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । नेकपा समर्थक एनएलए र नेपाली कांग्रेस समर्थक डिएलएका कानून व्यवसायीहरु टिकटका लागि आफ्ना निकटका नेताहरुसँग लबिङ गरिरहेका छन् । यस अघि २०७५ साल असार २३ गते सम्पन्न निर्वाचनमा दुई प्यानलबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालत बारको निर्वाचन विशेष महत्वका साथ हेरिने गरिन्छ । देशभरका प्राय वरिष्ठ अधिवक्ताहरु सदस्य रहेको सर्वोच्च अदालत बार एशोसियसनको निर्वाचन अन्य बार इकाईको भन्दा विशेष अर्थपूर्ण मानिन्छ । यस अघिको निर्वाचनमा ५९७ जना सदस्य रहेकोमा अहिले ६०५ जना सदस्य रहेका छन् ।
निर्वाचनमा नेकपा समर्थक नेपाल कानून व्यवसायी संगठन (एनएलए)का तर्फबाट बरिष्ठ अधिवक्ता रविनारायण खनाल, शिव रिजाल र शेर बहादुर कार्कीको दाबी रहेको छ । त्यसो त वरिष्ठ अधिवक्ता तुल्सी भट्टको पनि उम्मेदवारी पर्न सक्ने एक जना कानून व्यवसायीले खुलासा गरेका छन् ।
त्यसै गरी नेपाली कांग्रेस समर्थक लोकतान्त्रिक कानून व्यवसायी संगठन (डिएलए) का तर्फबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, बरिष्ठ अधिवक्ता तिर्थ बसौला र डा. नारायण घिमिरे, राजन ढुङ्गाना (पूर्व सभामुख दमननाथ ढुङ्गानाका भाइ), विष्णु लुइटेल (पूर्व सचिव, सर्वोच्च बार), रेवत खरेल, राम प्रसाद आचार्य र चन्द्रमणि अधिकारीले अध्यक्षमा दाबी गरेका छन् । डिएलएका तर्फबाट वरिष्ठ अधिवक्ता बद्री राउत र जगदिश पाण्डेले उपाध्यक्षमा दाबी गरेका छन् ।
सचिवमा डिएलका तर्फबाट संगठनमा दाबी गर्नेहरुमा प्रभु कोइराला, विनोद कार्की, ऋषिराम घिमिरे, नमराज रिजाल, भरत राउत (डिएलएको महासचिवमा पराजित) र डा. रुद्र शर्मा छन्। त्यसै गरी कोषध्यक्षमा गणेश केसीको दाबी छ । उनी सदस्यमा तीन पटक हारेका थिए ।
अहिले बरिष्ठ अधिवक्ताहरु हरिहर दहाल, यदुनाथ खनाल, प्रेम बहादुर खड्का, विजय मिश्र र श्रीराम दवाडीलाई डिएलएलले कारबाही गरेको छ । त्यसै गरी एनएलएका सदस्य लब मैनालीले आफुले पूर्णमान शाक्यलाई मत दिने भन्दै फेसबुक स्टाटसमै लेखेका छन् । उनी वरिष्ठ अधिवक्ता रामजी मैनालीका छोरा हुन् । डिएलएका वरिष्ठ अधिवक्ताहरुलाई सुनिल पोखरेलको प्यानलले पूर्व न्यायपरिषद् सदस्य तथा वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेको इशारामा कारबाही गरेको आरोप छ । जुन कारबाही निर्वाचनमा भने आत्मघाती हुने एक जना कानून व्यवसायीले खुलस्त पारे ।
स्वतन्त्र न्यायपालिका, न्यायमा पहुँच, भष्टाचारको अन्त्य भनिएपनि निर्वाचित भएपछि नारामा मात्रै सिमित भई परिणाम शून्य हुनेगर्दछ । अहिले वरिष्ठ अधिवक्ताहरुको उपाधिका लागि बनाइएको कार्यविधि पनि आलोचित बनेको छ । सर्वोच्च अदालतमा लामो समय देखि हजारौ मुद्दाहरु फैसला लेखन बाँकी रहेर थन्किएर बसेका छन् । न्यायलयको बिकृति र बिसंगति हटाउने कार्यमा पनि सर्वाेच्च बारको विशेष भूमिका रहने गर्दछ । प्रधानन्याधीश गोपाल पराजुलीको कार्यकालमा अमेरिकामा बसेर ग्रिनकार्ड पाउनेहरु पनि नेपालको सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका थिए ।
सर्वोच्च अदालत बार एशोसियसनले निर्वाचन समितिको संयोजकमा सर्वाेच्च अदालत बार एशोसियसनका उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सदस्यहरुमा भुवन प्रसाद वाग्ले र मुरारी सापकोटा छन् ।
२०७५ साल असार २३ गते सम्पन्न सर्वोच्च बार एशोसिएसनको निर्वाचनको परिणाम यस्तो थियो ।
प्रगतिशील, मधेसी, आदिबासी र देशभक्त (एनएलए समूहबाट)
अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्र प्रसाद अधिकारी निर्वाचित, उपाध्यक्ष अधिवक्ता राजु खडका (निर्वाचित),सचिव बासुदेव सिग्देल (पराजित), सहसचिव पुण्यशिला दवाडी (पराजित), कोषाध्यक्ष धनन्जय खनाल (पराजित), महिला सदस्य किरणकुमारी गुप्ता (निर्वाचित) हाल न्यायाधीश उच्च अदालत), ९ जना सदस्यहरुमा अधिवक्ताहरु राजु आचार्य (निर्वाचित), कृष्णप्रसाद न्यौपाने (पराजित), राजाराम उपाध्याय भट्टराई (निर्वाचित), अनन्त कार्की (पराजित), पुष्पराज पौड्याल (निर्वाचित), दिपेन्द्रकुमार राई (निर्वाचित), दीपनारायण शाह (पराजित), मुरारीप्रसाद सापकोटा (निर्वाचित), र मुकुन्द न्यौपाने (पराजित) रहेका छन् ।
लोकतान्त्रिक समुह (डिएलए)समूहको तर्पmबाट
वरिष्ठ अधिवक्ता दामोदर खडका (पराजित), उपाध्यक्षमा नारायण झा (पराजित), सचिव सुभानराज आचार्य (निर्वाचित), सहसचिवमा पूर्णिमा रिमाल गुरागाई (निर्वाचित), कोषध्यक्षमा सरोजकृष्ण घिमिर (विजय), महिला सदस्यमा रीमा शाह (पराजित), पोषणराज लामिछाने (पराजित), निर्मल प्रसाद उपाध्याय (पराजित), शरण शंकर पौडेल (पराजित), राजेन्द्र प्रसाद शाह (पराजित), रमेश महर्जन (विजय), भुवन प्रसाद वाग्ले (निर्वाचित), कल्याण पोखरेल (निर्वाचित), संतोष कुमार महत्तो (निर्वाचित), र रामचन्द्र पौडेल (पराजित) थिए ।