Fri. Nov 27th, 2020

इ – डायरी एक्सप्रेस

ताजा र निष्पक्ष समाचारका लागि

मेरो मन र मस्तिष्कमा कला क्षेत्र बाहेक अरु केहि छैन

1 min read

– चलचित्र निर्देशक राजु गिरी

कला क्षेत्रका भर्सटाइल व्यतिmत्वरुपमा आफ्नो परिचय बनाउन सफल हुनुहुन्छ राजु गिरी अर्थात इन्द्र गिरी । उहाँले विगत लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय रुपमा रहेर राम्रा राम्रा नेपाली चलचित्रहरु दर्शकमाझ पु¥याइरहनु भएको छ । सानैदेखि नै कला क्षेत्रमा विशेष रुची राख्ने राजु आज नेपाली कला क्षेत्रमा निर्देशकका रुपमा स्थापित नाम भएको छ । कडा मिहिनेत र संघर्षले नै मानिसलाई सफलता दिलाउछ भन्ने प्रयायवाची बन्नुभएका राजु सफलता प्राप्तका लागि निरन्तर यो क्षेत्रमा लागि नै रहनुभयो र चुम्न सफल हुनुभएको छ आजका दिनहरु । नेपाली चलचित्रजगत्मा पृथक छवि बनाउन सफल निर्देशक एवम् बहुविधाका धनी राजु गिरीसँग डायरी एक्सप्रेसका लागि श्रद्धा भुसालले गरेको कुराकानीको संक्षिप्त अंशः–

यतिबेला यहाँ नेपाली कला क्षेत्रमा स्थापित निर्देशक हुनुहुन्छ । यहाँको घर परिवारको चाहना के थियो ?
मलाई आफ्नो जन्म थलो भएर औधी माया लाग्छ फेरि एक पटक जोकोही पनि पोखारा पुग्यो भने पोखराले लोभ्याउँछ । त्यही प्राकृतिक छटाले भरिएको सुन्दर नगरी पोखरामा मेरो जन्म भएको हो । मेरो घर परिवारको चाहना इच्छा थियो छोरो डाक्टर तथा इन्जिनियर बनोस । तर, मेरो सानैदेखिको इच्छा थियो कला क्षेत्र ।


कसरी आउनुभयो यो क्षेत्रमा ?
मेरो अन्तरमनमा कला क्षेत्र बाहेक केही थिएन । मैले यो क्षेत्र बाहेक अन्यत्र जाने भन्ने नै कहिल्यै सोचिन त्यसैले म यो क्षेत्रमा आउन चाहन्थे । सानैदेखि रुचीको विषय भए पनि गाउँघरमा नाटक महोत्सवमा भए पनि आफ्नो कला देखाउन भने पछि हुरुक्कै हुन्थे । विक्रम सम्वत् २०४९ मा जब एसएलसी पास भए तब उच्च शिक्षा अध्ययनसँगै चलचित्रको हिरो बन्ने सपना मौलाएर आयो । र, आफ्ना सपना बोकेर देशकै राजधानी काठमाडौं छिरे ।

काठमाडौं आएपछि कति सहज रहे सुरुका दिनहरु ?
आफूले सोचे जस्तो चाहे जस्तो सजिलो त कहाँ हुन्छ र ? काठमाडौं आएपछि कलंकीमा डेरा लिएर बस्न थाले । म काठमाडौंमा नयाँ थिए । कलाक्षेत्रका व्यक्तित्वहरुलाई खोज्न थाले । अनेक प्रयासपछि विभिन्न माध्यम हुँदै मैले कलाकार दिनेश डीसीज्यूको सम्पर्कमा आए । उहाँसँगको भेटेले मैले नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा प्रसारण हुने डीसीकै टेलिश्रृंखला ‘टाक्कटुक्क’ मा चारवटा भागमा अभिनय गरे । तर, यत्तिमा चित्त बुुझेन मलाई । प्रशस्त नाम–दाम कमाउने चक्करमा अनेक ठाउँ भौतारिए । काठमाडौंमा आफूले सोचे जस्तो नभएपछि राजु फेरि पोखरा नै फर्किएँ ।

पोखरा फर्किएर के गर्नुभयो ?
आफूले साचे जस्तो नभए पछि म पोखरा फर्किए । तर, पनि मन मस्तिष्कमा चलचित्र क्षेत्र बाहेक अरु केही थिएन । पोखरामा मैले क्यासेट, सीडी र साइकल पसल खोले । तर, मेरो मनले मानेन । मेरो नसा नसामा कला क्षेत्रमा केही गरौ भन्ने थियो । त्यही हुटहुटीले म पुनः विक्रम संम्वत २०६१ मा काठमाडौं आए ।
त्यतिबेला मेरो बुबा शंकर क्षेत्रीय घरेलु तथा साना उद्योग विकास कार्यालय पोखरामा नायब सुब्बा रहनुभए पनि पछि काठमाडौंको थापाथलीस्थित केन्द्रीय तथ्यांक विभागमा सेवा गरी अधिकृत पदबाट अवकाश पाउनुभयो । आमा पूर्णकला भने घरव्यवहार र सानोतिनो व्यापारका अतिरिक्त समाजसेवामा सक्रिय हुनुहुन्थ्यो ।

पुनः काठमाडौं आएपछि कसरी आफूलाई यो क्षेत्रमा संलग्न गराउनु भयो ?
म पुनः नेपाली कला क्षेत्रमा नै केही गर्छु, मेरा लागि यो क्षेत्र बाहेक अन्य होइन भनेर लागिरहे । काठमाडांै आएपछि मैले सही मार्ग पहिल्याउनु पर्छ अब भनेर लागे । मैले सुरुमा ‘डीआर म्युजिक कम्पनी’ खोले । त्यहाँबाट गीति एल्बम र अडियो भटाभट निस्कन थाले । मैले निर्देशक बनेर छोटो अवधिमा नै एक सय पाँचवटा एल्बम निकाले त्यो बेला । मैले निकालेका ‘पानको पातैले’, ‘माइक्रो मिनी बस’, ‘आँसु नझारे’, ‘चुँडी छम्माछम्मा (देउडा), ‘पोहोर सालको बाढीले’, ‘थामिदेऊ हात’ आदि त्यतिबेलाको चर्चित एल्वम हुन् ।

म्युजिक भिडियो अभिनय र निर्देशनतिर पनि लाग्नु भयो होइन ?
हो, विक्रम सम्बत २०६१ बाट मैले म्युजिक भिडियोमा अभिनय र निर्देशन पनि गर्न थाले ।

ठूलो पर्दामा कहिलेदेखि पाइला टेक्नुभयो ?
म्युजिक भिडियोमा अभिनय र निर्देशनमा राम्रै गरिरहेको थिए मैले । यस्तैमा ठूलो पर्दातर्फ पनि म अघि बढे । विक्रम सम्बत २०६१ मा नै नायकको भूमिकामा मैले चलचित्र ‘खतरनाक जंगल’मा अभिनय गरे । त्यसपछि ‘घातक मान्छे’, ‘अन्त्य’, ‘रामलक्ष्मण’, ‘करण अर्जुन’, ‘कृष्णा’, ‘मुक्ति’ लगायत २० चलचित्रमध्ये केहीमा नायक र धेरैजसोमा खलनायक बनेर अभिनय गरे ।

टेलिश्रुङ्खला पनि निर्माण गर्नुभयो होइन ?
२०६२ मा मैले ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’ टेलिश्रृङ्खला निर्माण गरे । नेपाल टेलिभिजनबाट हरेक बुधवार ७ः३० मा प्रसारण हुने, आफैं निर्माता र कलाकार रहेको त्यसै टेलिश्रृंखलाले मलाई ‘कुखरी काँ’को उपनामले दर्शकमाझ चिनाउने, स्थापित गराउनेमात्रै होइन– यहाँसम्म ल्याइपु¥यायो । यसैगरी एनटीभीबाटै बुधवार ८ः३० मा आउने टेलिश्रृङ्खला ‘खुल्ला किताब’को पनि मैले ४५ भागसम्म निर्देशन गरे ।

ठूलो पर्दाका चलचित्र निर्देशन कहिलेदेखि सुरु गर्नुभयो ?
२०६३ बाट ठूलो पर्दाका चलचित्रको निर्देशनतर्फ आफूलाई अगाडि बढे । २०६३ मा मैले निर्देशन गरेको चलचित्र हो– ‘हत्याकाण्ड’ । त्यसपछि ‘दिलमाया’ (२०६४), ‘चन्द्रवती’ (२०६६), ‘बिन्दास’ (२०६८), ‘रक्षा’ (२०६९), ‘बिन्दास–२’ (२०७०), ‘टाइगर’ (२०७१), ‘मखमली’ (२०७२), ‘जिसम’ (२०७३), ‘निर्जला’ (२०७४), ‘दीलवाले’ (भोजपुरी–२०७५), ‘मखमली–२ (२०७६)लगायतका रहेका छन् । ‘बिन्दास–४’, ‘जिसम–२’ र ‘म्याड लभ’ (हिन्दी) निर्देशनको तयारीमा पनि रहेको छु ।

यो क्षेत्रमा रहेर यहाँले यति धेरै विधामा आफूलाई संलग्न गराउनु भयो र थुप्रै मान सम्मान, पुरस्कार र अवार्ड पनि प्राप्त गर्नु भयो, कस्तो लाग्छ अहिले फर्किएर हेर्दा ?
मैले माथि पनि भने मेरो मन र मस्तिष्कमा कला क्षेत्र बाहेक अरु केही थिएन । यही क्षेत्रमा केही उल्लेखनीय काम गर्नु थियो मैले । विस्तारै गर्दै पनि गए । काम गर्दै जादा कामले तारिफ पाउँदै जाँदा विभिन्न पुरस्कार, सम्मान र अवार्ड पनि प्राप्त भए । राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्मान, पुरस्कार तथा अवार्ड प्राप्त भए त्यसलाई स्वाभाविक रुपमा लिन्छु म । केही कायैक्रमको ‘जुरी’ पनि रहेर भूमिका निर्वाह गरेको छु । मैले जुन नेपाली चलचित्रको निर्देशन गरे ती आफैँमा ऐतिहासिक छन् । जसले मलाई खलनायक, कतिले नामी नायक त कतिले कुशल निर्माता र निर्देशक भनेर चिन्छन् खुशि लाग्छ ।

तपाईं भर्सटाइल हो ?
मलाई के लाग्छ भने हरेक मान्छे भर्सटाइल हुन चाहन्छ । राजु गिरी भर्सटाइल हुन चाहने होइन क्षमता पनि छ । म धेरै संघर्ष गरेर, सिकेर, बुझेर आज यो स्थानमा छु । मैले राम्रो निर्देशन गर्न सक्छु भन्ने लाग्छ । दर्शकहरुलाई बाहिरका चलचित्र हेर्न भन्दा पनि नेपाली चलचित्रको क्रेज बढाउन पनि मैले निर्देशनमा हात हालेको हुँ । पछिल्लो समय नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय स्तरका निर्माण भइरहेका छन् । हरेक नयाँ काम राम्रो गर्ने कोशिशमा हुन्छु म । दर्शकलाई नयाँ नयाँ क्रियशन दिने कोशिषमा हुन्छु म हरसमय ।


नेपाली चलचित्र क्षेत्रको पछिल्लो अवस्था कस्तो रहेको पाउँनुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रको पछिल्लो अवस्था राम्रो रहेको छ । राम्रा चलचित्रहरु हेर्न हलसम्म दर्शकको घुइचो लाग्ने गरेको नै छ । राम्रा राम्रा चलचित्र बनेका पनि छन् । नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरु जबसम्म यो क्षेत्रले पाइरहन्छ तब नराम्रो कसरी भन्ने ? फेरि यो क्षेत्रलाई राम्रो बनाउने जिम्मा यही क्षेत्रमा लागेकाहरु बाट नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *